नेभिगेशन
अदालत

रवि लामिछानेलाई पोखरा ल्याइयो

पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्याइएको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ पछि  हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री लामिछानेलाई केहिबेर अघि पोखरा पुर्‍याइएको हो । 

उनलाई जिल्ला सरकारी वकिल पर्साका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । 

आज पर्साबाट काठमाडौं हुँदै पोखरा लगिएका लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्