नेभिगेशन
अदालत

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौंले  मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले  बताए । साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा उनीबिरुद्ध अभियोगपत्र दायर गरेको हो । 

विद्युतीय कारोबार ऐन विपरितको कसुरको मुद्दा अदालतसम्म पुगेपनि प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट जाँच भइरहेको छ ।

सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदावी लिएको छ । दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदावी गरिएको श्रेस्तेदार शर्माले जानकारी दिए ।

मङ्सिर ४ मा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईँमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ । 

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध  ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्