नेभिगेशन
नेपाल प्रहरी

बैंकिङ कसुरका फरार प्रतिवादी तिवारी पक्राउ

झापा । झापा प्रहरीले बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी झापा र इलाका प्रहरी काकरभित्ताबाट खटिएको संंयुक्त टोलीले फरार रहेका  प्रतिवादी मेचीनगर नगरपालिका-४ का ३४ वर्षीय लुसन तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

तिवारीलाई उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलाले उक्त मुद्दामा २० दिन कैद, २७ लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ८ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । 

तिवारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार झापा चलान गरेको झापा प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्