नेभिगेशन
अदालत

रवि लामिछानेलाई थप ५ दिन प्रहरी हिरासतमा राख्न अनुमति

पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ५ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आज जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व गृहमन्त्री लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो।

सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कास्कीलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलले लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

उनी सहकारी ठगी प्रकरणमा कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । त्यहाँबाट पोखरा ल्याई ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्