नेभिगेशन
नेपाल प्रहरी

लुम्बिनी प्रदेशको डीआईजीमा दानबहादुर कार्की, अन्य को कहाँ ?

काठमाडौं । चार प्रदेशमा नेपाल प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले डीआईजीहरुलाई सरुवा तथा पदस्थापन गरेको छ । लुम्बिनी प्रदेशमा डीआईजी दान बहादुर कार्की र कोशी प्रदेशमा राजन अधिकारीलाई सरुवा गरिएको छ । 

भोला बहादुर रावललाई गण्डकी प्रदेशमा र गणेश चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको पहरी प्रधान कार्यालयले जनाएको छ । 

गृहमन्त्री रमेश लेखकको निर्णय अनुसार बढुवा भएका ८ जना डीआईजीहरुलाई पदस्थापन गरिएको छ । विशेष ब्युरोमा सिद्धिविक्रम शाहलाई पदस्थापन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा कोशी प्रदेशमा कार्यरत चन्द्र कुवेर खापुङलाई ल्याइएको छ ।

डम्बर बहादुर विकलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभाग, हिमाल कुमार श्रेष्ठलाई अख्तियार र उमा प्रसाद चतुर्वेदीलाई प्रधान कार्यालय स्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पदस्थापन गरिएको छ ।

रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउतलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्