नेभिगेशन
सुरक्षा अपडेट

अस्पतालको सामान पुर्याएर फर्किँदै गरेको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

डोटी। अस्पतालका लागि सामान लिएर फर्किदै गरेको  ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

डोटीको सायल गाउँपालिका-४ मा आज भएको  ट्याक्टर दुर्घटनामा कन्चनपुरको कृष्णपुर नगरपालिका-२ झलारीका ४६ वर्षीय चालक रामकृष्ण डगौराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार सायल गाउँपालिकामा निर्माणाधीन १० शय्या अस्पतालमा सामान पुर्याएर फर्किदै गरेको से२च १७६० नम्बरको ट्याक्टर भाँँतलामा दुर्घटना भएको हो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्