नेभिगेशन
नेपाल प्रहरी

दुबई पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रलोभनमा पारेर दुबई पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आकर्षक तलब दिने भन्दै ४ लाख लिएर सम्पर्कविहीन भएका ललितपुरको महालक्ष्मी नगरपालिका-६ का ४६ वर्षीय मन्जित चित्रकारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पक्राउ गरेको हो।

पैसा लिएर सम्पर्कविहीन भएपछि परेको उजुरीका आधारमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्