नेभिगेशन
भ्रष्टाचार

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रवन्धक १३ वर्षपछि पक्राउ

काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रवन्धक शशीकिरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका तत्कालीन उप-प्रबन्धक श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरिएको हो।

श्रेष्ठलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो। श्रेष्ठ नेपाल बैंक लिमिटेडमा कार्यरत रहेका बेला कर्जा प्रवाह गर्दा ३९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानीनोक्सानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए। विशेष अदालतले उनलाई दुई छुट्टाछुट्टै मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय भएको थियो।

नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रवन्धक श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्य लगायतका व्यक्तिलाई २०६८ भदौ ६ गते विशेष अदालतले दोषी ठहर गर्दै जेल सजायको फैसला गरेको थियो ।

विशेष अदालतले गरेको फैसलालाई सदर गर्दै २०७३ असोज २५ गते सर्वोच्च अदालतले पनि सदर गर्दै जेल सजायको फैसला सुनाएयता श्रेष्ठ फरार थिए।

शुक्रबार पक्राउ परेका श्रेष्ठलाई अब भोलि अदालत खुलेपछि पेश गरिने प्रहरीले जानकारी दिएको छ। शनिबार सार्वजनिक बिदा र आज उधौली पर्वको बिदा परेकाले श्रेष्ठ आज पनि प्रहरी हिरासतमा रहने छन् । उनी भोलिदेखि सजायका लागि जेल बस्नु पर्नेछ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्