नेभिगेशन
सुरक्षा अपडेट

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु

काठमाडौं । काठमाडौंमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ मा शरीरमा पेट्रोल छर्केर आगो लगाउने चितवनकी महिलाको मृत्यु भएको हो।

काठमाडौं प्रहरीले दिएको जानकारी अनुसार साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा चितवनस्थित रत्ननगर नगरपालिका-१२ घर भएर हाल नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्य रहेकी छिन् । 

बौद्धमा परिवारसँग बस्दै आएकी कमलाले शनिबार बा३५प ५८१८ नम्बरको स्कुटर चढेर कागेश्वरी-८ किराँतचोकको बागमती नदी किनारमा गएर आफ्नै शरीरमा आगो लगाएकी थिइन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्