नेभिगेशन
सुरक्षा विशेष

रवि लामिछानेलाई कुनै प्रतिशोधपूर्ण व्यवहार गरिएको छैन्: गृहमन्त्री

काठमाडौं । सहकारी ठगी प्रकरण मुद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रतिशोधपूर्ण व्यवहार नगरेको गृहमन्त्री रमेश लेखकले बताएका छन।

आज चितवनमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारी ठगीको मुद्दामा रविमाथि गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

गृहमन्त्री लेखकले प्रचण्ड जीको टिप्पणी अदालत र देशको कानुनलाई प्रभावित बनाउने खालको भएको बताएका हुन्  । साथै रविमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार नगरेको दाबी गर्दै गृहमन्त्री लेखकले कानुनले तोकेको समयभन्दा बढी कसैलाई पनि थुनामा नराखेको र अदालतले दिएको समयभित्र अनुसन्धान गरी अदालतमा नै पेस गरेको बताएका थिए ।

गृहमन्त्री लेखकले प्रचण्डको उक्त अभिव्यक्तिलाई  न्यायिक प्रकृयालाई प्रभावित गर्ने र अनुसन्धानलाई अवरुद्ध गर्ने प्रयत्नका रूपमा अर्थाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्