नेभिगेशन
नेपाल प्रहरी

बिहार प्रहरीको मोस्ट वान्टेड 'आरिफ' नेपाल प्रहको नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीले भारतीय प्रहरीको मोस्ट सूचीमा रहेका आरिफ खान" आरिस हुसेन"लाई पक्राउ गरेको छ। सिराहा प्रहरीले आरिफलाई घाइते भएको अवस्थामा सिराहा नगरपालिका-१७ माडरबाट पक्राउ गरेको हो। 

बिहार प्रहरीको आग्रहमा सिरहा प्रहरीले आरिफलाई पक्राउ गरेको हो। बिहारस्थित मधुवनी जिल्ला प्रहरीले उनलाई पक्राउ गर्नेलाई पुरस्कार राशीको घोषणा गरेपनि पक्राउ गर्न नसकेपछि सीमावर्ती जिल्ला सिराहा प्रहरीलाई मधुवनी जिल्लाले हारगुहार गरेको थियो।

मधुवनी जिल्ला प्रहरीको हारगुहार पछि आरिफ नेपालमा लुकेर बसेको हुन सक्ने भन्दै गरिएको खोजतलासमा उनलाई मंसिर २९ मा  घाइते अवस्थामा सिरहा नगरपालिका-१७ स्थित माडरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ।

भारतीय प्रहरीले आरिफलाई १७ वटा लुटपाट र हातहतियार मुद्दामा प्रहरीको मोस्ट वाण्टेड सूचीमा राखेको छ। जिल्ला प्रहरी सिराहाका अनुसार आरिफको २०८० जेठ  २८ गते  महोत्तरीमा भएको एनएमबी बैंक लुटपाटमा संलग्न रहेको खुलेको छ ।  उक्त हतियारधारी बैंकमा पसेर पेस्तोल देखाएर ३८ लाख लुटेर भागेका थिए । त्यसबेला आरिफ हुसेन सुटरको भूमिकामा बैंकमा प्रवेश गरेको पाइएको थियो।

त्यसैगरी सिराहाको कल्याणपुर नगरपालिका–८ स्थित ग्लोबल आइएमई बैंकको शाखा कार्यालयका लेखापाल उपेन्द्र शाहबाट ९ लाख नगद लुटेको घटनामा पनि उनको संलग्नता देखिएको छ । त्यस घटनामा पनि अनुसन्धान गर्न जिल्ला प्रहरी ल्याइएको सिराहा प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्