नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगर र खैरो हेरोइनसहित तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

जसअन्तर्गत रूपन्देहीको वकंचन गाउँपालिका-२ बेहोरी का ३६ वर्षीय शुसिल बोहोरा र २५ वर्षीय सुरेस थारूलाई   ३ सय ९० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी सालझण्डीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

त्यसैगरी,कैलालीको टिकापुर नगरपालिका-९ खक्रौलाबाट २ ग्राम १ सय ५० मिलिग्राम खैरो हेरोइनसहित सोही नगरपालिका-१ दुर्गानगरका २१ वर्षीय सागर चौधरीलाई  प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्