नेभिगेशन
सुरक्षा अपडेट

महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु हुँदा इलाममा ट्रकले च्यापिएर चालकको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार महोत्तरीमा बसको ठक्करबाट एक  पैदलयात्रीको मृत्यु भएको छ भने अर्को घटनामा ट्रकमा च्यापिएर चालकको मृत्यु भएको छ।

महोत्तरीको बर्दिबास नगरपालिका-१ रातो पुलमा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसले गएराति १ बजे ठक्कर दिँदा अन्दाजी ५० वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ती पहिचान नखुलेका पुरुषको आज बिहान साढे १ बजे उपचारका क्रममा जिल्ला अस्पताल बर्दिबासमा  मृत्यु भएको हो। महोत्तरी प्रहरीले धादिङको थाक्रे गाउँपालिका घर भएका बस चालक राजेन्द्रप्रसाद प्याकुरेललाई पक्राउ गरेको जनाएको छ।

त्यस्तै इलाममा ट्रकमा च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाको माङ्सेबुङ गाउँपालिका-३ सल्लेरीमा ट्रकमा च्यापिएर पाँचथरको हिलिहाङ गाउँपालिका-७  भारापाका ३८ वर्षीय चालक कुमार तामाङको मृत्यु भएको इलाम प्रहरीले जानकारी दिएको छ।

इलाम प्रहरीका अनुसार आज बिहान ५ बजे काठ बोकेको उक्त ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङले ‘चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्ने क्रममा  जग भासिएर उनको च्यापिएर मृत्यु भएको हो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्