नेभिगेशन
सुरक्षा विशेष

लुम्बिनीका सुरक्षा प्रमुखलाई अवैध तस्करी र सीमा अपराध रोक्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले लुम्बिनी प्रदेशमा देखिएको अवैध तस्करी र सीमा अपराधलाई नियन्त्रण गर्न निर्देशन दिएका छन् । 

आज रुपन्देहीस्थित भैरहवामा आयोजित सुरक्षा गोष्ठीमा   बोल्दै गृहमन्त्री लेखकले प्रदेशभरमा अवैध तस्करी,राजस्व चुहावट र सीमा अपराधको समस्या र चुनौती  रहेको बताउँदै त्यस्ता गतिविधिलाई तत्काल रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

त्यसैगरी गृहमन्त्री लेखकले लुम्बिनीका तराईका जिल्ला र अन्य जिल्लामा लागुऔषध कारोबार, बैंकिङ कसुरका मुद्दा,दुर्घटना, आत्महत्या, साइबर क्राइमका अपराध बढी रहेको जानकारी गराएका थिए। उनले ती गतिविधिलाई रोक्न समेत निर्देशन दिएका छन् ।

साथै गृहमन्त्री लेखकले समाजमा द्वन्द्व र अराजकता निम्ताउने गरी व्यक्तिको चरित्र हत्या र दुष्प्रचार गर्नेलाई   कानुनी दायरामा ल्याउन समेत लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्