नेभिगेशन
नेपाल प्रहरी

बाँकेमा ठुलो परिमाणमा ब्राउन सुगर बरामद हुँदा १६ जना पक्राउ, ५४ फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । बाँके प्रहरीले गत मंसिर महिनामा मात्रै लागुऔषध ओसारपसार बिरुद्धको कारबाहीमा ठुलो परिमाणमा ब्राउन सुगर बरामद गरेको छ। उक्त अभियानमा जिल्ला प्रहरी बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, प्रतिवन्धित औषधि ८० ट्याब्लेट नाइट्राजेपाम र ४३६ ट्यावलेट ट्रामाडोलसहित १६ जना ओसारपसार कर्ताहरुलाई पक्राउ गरेको छ।  पक्राउ परेकाहरुलाई कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

त्यस्तै जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ ९ लाख ३३ हजार ७६० रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरिएको छ। जिल्ला प्रहरी बाँकेका अनुसार बरामद गरिएको सबै सामाग्रीलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ।

जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले मंसिरमा ५४ जना  फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ।जसअन्तर्गत पक्राउ परेका प्रतिवादीबाट ७ बर्ष २ महिना २० दिन कैद र ८ लाख ६३ हजार ८ सय रुपैयाँँ जरिवाना असूल उपर गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। 

त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका जम्मा ८४ वटा मुद्दा दर्ता भएकोमा ५२ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएकोमा पेन्डिङमा रहेका ३८ वटा मुद्दालाई फर्छ्यौट गरिएको बाँके प्रहरीले जानकारी दिएको छ। ठाडो उजुरीतर्फको ४२८ वटा  मुद्दामा  ४१६ फर्छ्यौट भएको र १२ वटा बाँकी निबेदन फर्छ्यौट प्रक्रियामा रहेका छन् ।

यता जिल्लाभरमा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ४ वटा ट्याक्टर नियन्त्रणमा लिएर आबश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएर ४६ हजार रुपैयाँ जरिवाना गराएको जिल्ला प्रहरी बाँकेले जनाएको छ। यसैगरी, जिल्लाका विभिन्न स्थानबाट हराएका २ वटा मोटरसाइकल र १० थान स्मार्ट  मोबाइल फोन  फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी बाँकेमा महिला बालबालिकासँग सम्बन्धित ६  मुद्दा दर्ता हुँदा ६ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको थियो भने  घरेलु हिंसा सम्बन्धि दर्ता भएका ५० वटा उजुरीमा  ३६ वटा उजुरी फछर्यौट गरिएको छ १४ वटा उजुरी अनुसन्धान कारवाही प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ भने  हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीकतर्फको १० वटा निबेदनमा ६ जनालाई फेला पारी अबिभावकको जिम्मा लगाईएको बाँकी खोजतलासको क्रममा रहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

त्यसैगरी ट्राफिक कारबाहीतर्फ मंसिरमा मात्रै २८ सय ८६ सवारीसाधनलाई  कारबाही गर्दै २४ लाख ७१ हजार ५ सय रुपैयाँ  रुपैयाँ राजस्व संकलन गरिएको हो।

जिल्ला प्रहरी बाँकेले मंसिर २८ गते मात्रै १ सय ५० ग्राम ब्राउन सुगरसहित ३ जनालाई  पक्राउ गरेको थियो। उक्त परिमाण अत्यधिक हो।

त्यसैगरी समुदाय प्रहरी सहकार्यतर्फ जिल्लाभरमा बाँके प्रहरीले १०८ पटक सचेतनामुलक कार्यक्रम गरेको छ। जसमा २८ पटक लैङ्गिक हिंसा , लागुऔषधतर्फ ७ पटक सचेतना कार्यक्रम गरिएको हो। आत्महत्या सम्वन्धि सचेतना ७ वटा, २ पटक अल्पशंख्यकसंग प्रहरी, ३ पटक  नागरिक सुनुवाई  र चोरी सम्बन्धि सचेतना १० पटक सचेतना कार्यक्रम सन्चालन गरिएको थियो । 

ट्राफिक सचेतनातर्फ १६२ पटक सचेतनामूलक कार्यक्रम गरिएको थियो। जसमा (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईट) संचालन गरीएको थियो।

जिल्ला प्रहरी बाँकेको आन्तरिक सुदृढीकरण प्रयास अन्तर्गत मंसिर महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर उत्कृष्ट प्रहरी इकाई घोषणा गरिएको थियो भने  जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन तथा कार्यालय परिसर मर्मत तथा सौन्दर्याकरण गरि सेवाग्राही मैत्री वातावरण तयार पारिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्