नेभिगेशन
नेपाल प्रहरी

१० कक्षामा पढ्ने किशोरीको हत्या आरोपमा २४ वर्षीय युवक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चन्द्रागिरी नगरपालिकामा आफ्नै कोठामै मृत फेला परेकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

बुधबार चन्द्रागिरी-१० स्थित खड्का गाउँमा रहेको आफ्नै कोठामा मृत फेला परेकी कक्षा १० मा पढ्ने१७ वर्षीया सरिता तामाङको हत्या प्रकरणमा प्रहरीले २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरेको जनाएको छ।

मृतक सरिताको घर धादिङको गजुरी गाउँपालिका-४ र पक्राउ परेका विश्वाशको घर पनि उतै धादिङको गजुरी गाउँपालिका-३ मै रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सरिताको मोबाइल समेत विश्वासको साथबाट बरामद गरेको हुँदा हत्यामा उनकै संलग्नता रहेको हुन सक्ने जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले युवकलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्