नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट भन्सार छलीको काँचो कपडा बरामद

नेपालगन्ज । नेपालगन्जस्थित वडा प्रहरी कार्यालयले भन्सार छली गरेर ल्याइएको झण्डै १ लाख रुपैयाँ बराबरको काँचो कपडा बरामद गरेको छ।

नेपालगन्ज-११ सोनारमण्डीबाट अवैध थानका थान काँचो कपडा बरामद गरेको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ।

प्रहरीका अनुसार एउटा घरमा गोदाम बनाएर राखिएको अवस्थामा ९९ हजार ६ सय रुपैयाँ बराबरको उक्त कपडा बरामद गरिएको हो।

पुस २ गते साँझ बरामद गरेको सबै अवैध कपडालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार बुझाएको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्