नेभिगेशन
विपद घटना

बाजुरा केन्द्रबिन्दु भएर गयो ५.२ रेक्टरको भूकम्प

काठमाडौँ । आज बिहानै बाजुरा केन्द्रविन्दु भएर  भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

आज बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । स्थानीय पुनः भूकम्प आउने डरले त्रासमा छन् ।

भूकम्पबाट कुनै मानवीय क्षति भएको भन्ने विवरण अहिलेसम्म नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भौतिक क्षतिको विवरण संकलन कार्य भइरहेको बताइएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्