नेभिगेशन
सुरक्षा विशेष

महोत्तरीमा डाँकाको समूहले गर्‍यो पूर्व गाविस सचिवको हत्या

महोत्तरी महोत्तरीको मनरा शिसवा नगरपालिका घर भएका पूर्व गाविस सचिवलाई डाँकाको समूहले हत्या गरेको छ। 

आज बिहान ४ बजे जिल्लास्थित मनरा शिसवा नगरपालिका-४ साढा भन्ने गाउँका ७० वर्षीय पूर्व गाविस सचिव सुशील झाको एक डाँकाको समूहले हत्या गरेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

बिहान ७-८ जनाको संख्यामा आएको डाँकाको समूहले पूर्व सचिव झाको घर लूटपाट पछि उनको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। 

महोत्तरी प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गर्दै हत्या र लूटपाटमा संलग्न डाँकाको समूहको खोजतलास तिब्र पारेको जनाएको छ।

यता डाँकाको समूहले लूटपाट गरेपनि नियोजित तरिकाले हत्या गरेको हुन सक्ने पनि बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्