नेभिगेशन
नेपाल प्रहरी

हिरासतमा रहेका थुनुवा छुटाउने भन्दै रकम असुली गरेका ३ जना नै प्रहरी हिरासतमा

कैलाली प्रहरी हिरासतमा रहेका थुनुवालाई छुटाइदिने भन्दै पैसा असुली गरेको आरोपम प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका लागुऔषध मुद्दाका एक थुनुवालाई छुटाइदिने भन्दै परिवारबाट रकम लगेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका-७ का २९ वर्षीय रुपक साउँद, २२ वर्षीय रमेश साउँद र १९ वर्षीय हर्क साउँदलाई पक्राउ गरेको हो ।

कैलाली प्रहरीका अनुसार उनीहरुको धनगढी उपमहानगरपालिका-१ बाट लागुऔषध मुद्दामाअ पक्राउ परेका परिवारबाट छुटाइदिने भन्दै साढे ३९ हजार भारतीय रुपैयाँ असुली गरेका थिए। त्यसका अलावा उनीहरुले उक्त लिए पनि अरु रकम बार्गेनिङ गरेको आरोप छ।

कैलाली प्रहरीले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान सुएउ गरेको जनाएको छ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्