नेभिगेशन
सुरक्षा अपडेट

खोला किनारमा टिकटक बनाउँदा होसियार: नर्स र विद्यार्थीको गयो ज्यान

काठमाडौं  । जोखिम मोलेर खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको खसेर मुत्यु भएको छ ।

शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए ।

शनिबार अपराह्न खोलामा बगेका उनीहरुको शव शनिबार साँझ मात्र भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए । शव मृतकका परिवारलाई आज मात्र हस्तान्तरण गरिने उनले बताए ।

बारम्बार प्रहरीले खोला किनार, नदी छेउ लगायतका जोखिम स्थानमा टिकटक लगायतका कार्य नगर्न अनुरोध गर्दै आउँदा यस्तो घटना हुनुमा को जिम्मेवार? 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्