नेभिगेशन
नेपाल प्रहरी

कैलालीमा आधा किलो सुनसहित दुई भारतीय पक्राउ

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाबाट आधा किलो सुनसहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कैलालीको टोलीले भारतस्थित उत्तरप्रदेशको मोहला बजार पलियाखिरीका ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित बर्मालाई आधा किलो सुनसहित पक्राउ गरेको हो। 

भारतबाट धनगढी आएका उनीहरुलाई आज कैलाली प्रहरी प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टको कमान्डमा गएको टोलीले धनगढी-३ ट्राफिक चौराहबाट आधा किलो सुन र नगदसहित पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ परेका उनीहरुको साथबाट ५४९.२ सय ग्राम सुन, नेपाली ४४ हजार ८१० रुपैयाँ , १२ सय ८० भारु, एक थान ल्यापटप र २ थान मोबाइल बरामद गरिएको हो भने उनीहरु सवार भारतीय नम्बर प्लेटको युपी ३२ जेभी ९२०० नम्बरको गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो।

कैलाली प्रहरीले पक्राउ परेका उनीहरुसँ थप अनुसन्धान पछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आबश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा पठाएको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्