नेभिगेशन
नेपाल प्रहरी

दुई एआईजीसहित ५ एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं। नेपाल प्रहरीको एआईजी र प्राविधिक एसएसपीमा बढुवा भएका ७ जनाले दर्ज्यानी चिन्ह पाएका छन। 

मन्त्रिपरिषद् बैठकको निर्णयबाट एआईजी बढुवा भएका दुर्गा सिंह र भरत बहादुर बोहरालाई प्रहरी प्रमुख आईजीपी बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी कुँवर ५ प्राविधिक एसएसपीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जसमा डा. राम प्रसाद शर्मा, डा. नविन लागेजु, डा. समृद्धि कार्की, डा. अन्जली तण्डुकार र प्रदिन ताम्राकार रहेका छन् ।

दर्ज्यानी चिन्ह प्रदान  गर्दै कुँवरले  बधाई तथा सफल कार्यकालको शुभकामना दिदै दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूले प्रदर्शन गरेको व्यावसायिकता, इमानदारीता र लगनशीलतालाई कायम राख्दै प्राप्त सफलतालाई व्यक्तिगत उपलब्धिसँग मात्र जोडेर नहेरी सांगठनिक विकास र सुदृढिकरणमा समेत महत्वपूर्ण योगदान दिने अवसरका रूपमा मनन गरी पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी आगामी दिनहरूमा अझ बढी सक्रिय हुनुपर्ने बताए।  

दर्ज्यानी चिन्ह पाएकी एआईजी सिंहले नेपाल प्रहरीको साख वृद्धिलाई प्राथमिकतामा राखी नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर सांगठनिक विकास र सुदृढिकरणको क्षेत्रमा अझ बढी जवाफदेहीताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरिन  । 

दर्ज्यानी चिन्ह प्रदान समारोहमा उच्च प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीको उपस्थिति थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्