नेभिगेशन
नेपाल प्रहरी

अनलाइन सट्टेबाजी गराएको आरोपमा दुई भारतीय काठमाडौंबाट पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइन सट्टेबाजी गराएको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

नेपाल  प्रिमियर लिग (एनपीएल) को फाइनलमा अनलाइन  सट्टेबाजी गराएको आरोपमा भारतको उत्तर प्रदेशका ४७ वर्षीय हरिस जावा र ३८ वर्षका ऋषि मातनलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसरका अनुसार दुबै भारतीय नागरिकलाई काठमाडौंस्थित टोखा नगरपालिका-३ ग्रान्डी टावर स्थित नेप्चुन अपार्टमेन्टबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एनसेलका ८ वटा सिम, ५ व टा मोबाइल र ल्यापटप बरामद गरिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको जानकारी अनुसार उनीहरुले एनपीएलको फाइनलमा अनलाइन सट्टेबाजी गराएको प्रमाण फेला परेको छ। एनपीएलकै दौरान सीआईबीले यसअघि नै ७ जनालाई पक्राउ गरेर कारबाही गरिसकेको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्