नेभिगेशन
अदालत

रवि लामिछानेसहित ५ जनाविरुद्धको मुद्दा न्यायाधीश राईको इजलासमा

पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेसहित ५ जना विरुद्धको मुद्दामा आजदेखि बहस सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसहित ५ जनाको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा बहस हुने भएको हो।

पूर्व गृहमन्त्री लामिछानेसहित पूर्व डीआईजीसमेत एवं गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित लगायतमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको हो । आजदेखि कास्की जिल्ला अदालतमा बयान सुरु गराइदै छ भने बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्