नेभिगेशन
नेपाल प्रहरी

चन्द्रागिरी नगरपालिका-१२ का वडाध्यक्ष पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ का वडाध्यक्षलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ। ५६ वर्षीय वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई सहकारी ठगीको आरोपमा  पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले वडाध्यक्ष न्हुच्छेबहादुरलाई ठमेलमा रहेको हरियाली बचत तथा ऋण सहकारीको निक्षेप अपचलन गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।

चन्द्रागिरी-१२ का स्थानीय वडाध्यक्ष न्हुच्छेबहादुरविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेयता उनी फरार रहेको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेका वडाध्यक्ष न्हुच्छेबहादुर ठमेलस्थित हरियाली सहकारीका कोषाध्यक्ष हुन् ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्