नेभिगेशन
अदालत

भैंसेपाटी हनिट्रयाप घटना:निलम्बित इन्स्पेक्टर बिनु शाहीसँग ५ लाख धरौटी माग

काठमाडौं । भैसेपाटी हनिट्रयाप प्रकरण मुदामा नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीसँग ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।ललितपुर जिल्ला अदालतले निलम्बित इन्स्पेक्टर शाहीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको हो।

हनिट्रयाप प्रकरण अन्तर्गत आपराधिक लाभ सम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतमा बाव्को थुनछेक बहसपछि शाहीसँग धरौटी माग गरिएको हो ।

इन्स्पेक्टर शाहीले भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम जिल्ला अदालत ललितपुरमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा दायर गरेको थियो ।

घरजग्गा कारोबारीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापासहित ६ जनाविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो । घरजग्गा कारोबारीबाट उक्त समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सीआईबीले अनुसन्धान सुरु गरेपछि फरार रहेकी इन्स्पेक्टर शाही आइतबार जिल्ला अदालत ललितपुरमा आत्मसमर्पण गरेकी थिइन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्