नेभिगेशन
अदालत

नक्कली भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका प्रतीक थापालाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) पुत्र प्रतीक थापालाई  आज प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लगेको छ।

शरणार्थी प्रकरणमा लामो समयसम्म फरार रहेका प्रतीकलाई प्रहरीले शुक्रबार साँझ बौद्धबाट पक्राउ गरेको थियो।

प्रहरीले सरकारी वकिलको सल्लाहमा प्रतीकलाई जिल्ला अदालत काठमाडौं उपस्थित गराउने बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्