नेभिगेशन
नेपाल प्रहरी

क्रोएसिया र साइप्रस पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ  ठगी गरेको आरोपमा प्रहरीले  २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भएर हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ५३ वर्षीय याद बहादुर बुर्जा मगर र बारा पचरौता नगरपालिका-८ घर भई काठमाडौं भिमसेनगोला बस्दै आएका ३५ वर्षीय संजय साह बानिया रहेका छन् । 

पक्राउ मध्ये याद बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ७५ हजार रूपैयाँ र संजयले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले याद बहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र संजयलाई काठमाडौं टेकुबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्