नेभिगेशन
नेपाल प्रहरी

बालकोट हत्या घटना: जेठा छोराले गरेका थिए बुवा र भाइको हत्या

काठमाडौं । भक्तपुरको  सुर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा आफ्नै कोठामा मृत फेला ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविन आचार्यलाई जेठा छोराले हत्या गरेको खुलेको छ।

फरार रहेका मृतक कुल प्रसादका जेठा छोरा मिलन आचार्यले आफ्नो बुवा र भाइ प्रबिनको हत्या आफैंले गरेको भन्दै आज अपराह्नमा प्रहरी वृत्त महाराजगन्जमा आत्मसमर्पण गरेपछि उनलाई अपराध अनुसन्धान कार्यालय काठमाडौंले नियन्त्रणमा लिएको थियो।

अपराध अनुसन्धान कार्यालयका अनुसार मिलनले पारिवारिक तनावले बुवा र भाइको हत्या गरेको स्वीकार गरेका छन् । उनले भाइ र बुवाबाट आफुलाई तनाव भइरहेको हुँदा हत्या गरेको स्वीकार गरेको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। प्रहरीले प्रबिनसँग अनुसन्धान गरिरहेको जनाएको छ।

सोमबार बिहान खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका कुल प्रसाद र उनका कान्छा छोरा प्रबिन बालकोटमा एउटै घरको छुट्टाछुट्टै कोठामा  मृत भेटिएका थिए । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्