नेभिगेशन
नेपाल प्रहरी

डीआईजी कार्कीले गरे जिल्ला प्रहरी बाँकेको निरीक्षण,'गलत गरेको भेटिए कारबाही हुन्छ': डीआईजी

नेपालगन्ज लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयभित्रका कक्ष,हिरासत लगायत समग्र स्थानको निरीक्षण गर्दै डीआइजी कार्कीले उपस्थित प्रहरी अधिकृत तथा सबै प्रहरी कर्मचारीलाई कर्तव्यनिष्ट भएर काम गर्न निर्देशन दिएका थिए।

कार्कीले भने-" गलत कार्य गर्नेलाई कसैलाई पनि माफ गर्दैन। संगठनले दिएको जिम्मेवारी भन्दा बाहिर गएर काम गरेपछि कारबाहीको भागिदारी बन्नुपर्ला, बिचार गर्नुहोला।"

निरीक्षण पश्चात् उपस्थित सबैलाई आफ्नो स्वाभिमान बिक्री नगर्न भन्दै डीआईजी कार्कीले राम्रो कार्य गरे पुरस्कृत हुने गलत गरे कारबाही हुने जानकारी गराएका थिए।

खुला सीमा नाकाका कारण बाँकेमा हुने चोरी तस्करी लगायत सीमा अपराधतर्फ पनि ध्यान केन्द्रित गरेर कडाइ गर्न जिल्लाभरका सबै युनिट इन्चार्जहरुलाई निर्देशन दिएका थिए। 

डीआईजी कार्की भर्खरैमात्र लुम्बिनी प्रदेश प्रहरी प्रमुखका रुपमा सरुवा भएर आएका हुन् । यसअघि उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता थिए।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्