नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

दुई जना पत्रकारको गोली हानेर हत्या

काठमाडौं । पत्रकार सम्मेलनमा दुई जना पत्रकारको गोली हानेर हत्या गरिएको छ। गोली लागेर अर्का एक व्यक्ति पनि मारिएका छन् ।

अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको हो।

सबैभन्दा ठुलो सरकारी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीलाई पर्खिरहेको बेलामा पत्रकारमाथि गोली चलाइएको थियो । 

उक्त ज्यान लिने हमला भिभ अन्सानम समूहले गराएको जिम्मा लिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्