नेभिगेशन
नेपाल प्रहरी

अमेरिका र सर्बिया पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का र नुवाकोट बिदुर नगरपालिका-३ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीया पुन्यवती जोशी रहेका छन् । 

पक्राउ मध्ये रमेशले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ र पुन्यवतीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले रमेशलाई काठमाडौं महानगरपालिका-९ बाट र पुन्यवतीलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मंगलबार पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्