नेभिगेशन
सुरक्षा अपडेट

दाङको गढवामा अटो पल्टिँदा एक जनाको मृत्यु, दुई जना घाइते

तुलसीपुर । दाङको गढवा–कोइलाबास सडकखण्डमा   तीब्र गतिको अटो घुम्तिमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

जिल्ला प्रहरी दाङका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका राजपुर गाउँपालिका-३ भैंसहवाका ५० वर्षीय तुलाराम बिकको उपचारका क्रममा घोराहीमा मृत्यु भएको हो । बिकको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा दिउँसो साढे ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी दाङले   जानकारी दिएको छ।

दुर्घटनाका घाइते मध्य राजपुर-४ का ३६ वर्षीय प्रेमचन्द्र यादवलाई पनि थप उपचारका लागि घोराहीस्थित प्रतिष्ठानमा ल्याइएको छ । अर्की घाइते राजपुर-३ भैसहवाकी ४० वर्षीया बसन्ती बिकको भने लमहीमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गढवा गाउँपालिका-५ मा रा १ ह ५९०४ नम्बरको अटो रिक्सा दिउँसो १:५० बजेतिर कक्रहवास्थित मोडमा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । अटो राजपुरबाट कोइलाबासतर्फ जाँदै थियो ।

प्रहरीले  अटो चालक राजपुर- ३ भैसहवाका ४० वर्षीय मदन बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्