नेभिगेशन
नेपाल प्रहरी

खैरो हेरोइनसहित दुई युवक पक्राउ

काठमाडौं कैलालीको टिकापुर नगरपालिका-२ ठानापुरबाट खैरो हेरोईनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय टीकापुरले आज दिउँसो १ ग्राम ९ सय मिलिग्राम खैरो हेरोइनसहित  टिकापुर नगरपालिका-९ रैनिबोझी बस्ने २९ वर्षीय गोबिन्द चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

त्यसैगरी प्रहरीले सुनसरीको ईनरुवा नगरपालिका-२ बस्ने २५ वर्षीय अजय कुमार मण्डललाई पनि २ सय ७० मिलिग्राम खैरो हेरोईनसहित  सहित आज दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित उनलाई ईपक्राउ गरेको हो ।  

प्रहरीले यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्