नेभिगेशन
भ्रष्टाचार

रोल्पाका तत्कालीन ट्राफिक प्रमुख बुढाथोकीविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा  दायर

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शक्तिकेन्द्रको आडमा इन्चार्ज मात्र गइरहने रोल्पाका तत्कालीन ट्राफिक प्रहरी प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आज अख्तियारले मंसिरको दोस्रो सातामा घुससहित पक्राउ परेका तत्कालीन ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा  गरेको हो।

नायब निरीक्षक बुढाथोकीलाई नेपालगन्जस्थित अख्तियारको टोलीले सेवाग्राहीबाट लिएको २५ हजार रुपैयाँ घुससहित उनकै कार्यालयकै निवासबाट पक्राउ गरेको थियो।

अख्तियारले उनीविरुद्ध गरेको अनुसन्धानमा घुस रकम लिएको पुष्टि भएपछि कैद र बिगोसहितको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा  दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्