नेभिगेशन
भ्रष्टाचार

नक्कली सर्टिफिकेट पेस गरेर बढुवा भएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जागिरको बढुवाका लागि नक्कली सर्टिफिकेट पेस गरेको अभियोगमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भक्तपुरका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

क्यान्सर अस्पतालमा कार्यरत जुनियर असिस्टेन्ट शुकबहादुर तामाङले बढुवा हुँदा पेस गरेको  सर्टिफिकेट नक्कली रहेको पुष्टि भएपछि अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

अख्तियारका अनुसार तामाङले काठमाडौंस्थित पद्मोदय माविबाट एसएलसी पास गरेको भनेर पेस गरेको सर्टिफिकेट नै नक्कली रहेको पुष्टि भएको हो।

जुनियर असिस्टेन्ट पदमा बढुवाका लागि नक्कली  सर्टिफिकेट पेस गरि बढुवा भएर पद, लाभ र सुविधा लिएको तामाङको कार्य भ्रष्टाचार निवारण ऐन,२०५१ को दफा १६ को उपदफा १ अनुसारको कसुर पुष्टि हुँदा विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

उनीविरुद्ध कैद र जरिवानासहितको सजायको माग गर्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्