नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकल दुर्घटनामा जनस्वास्थ्य निरीक्षकको मृत्यु

कैलाली कैलालीमा मोटरसाइकल दुर्घटनामा  जनस्वास्थ्य निरीक्षकको मृत्यु भएको छ । बाजुराको बढीमालिका नगरपालिका-७ का ३० वर्षीय धर्मराज खत्रीको बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । खत्री सोही वडाको चुथीस्थित स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत थिए ।

बिहीबार साँझ साढे ६ बजेतिर धनगढी उपमहानगरपालिका-३ मा अतरियाबाट धनगढी तर्फ जाँदै गरेको मोटरसाइलले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार खत्री गम्भीर घाइते भएका थिए ।

धनगढीमा आयोजना गरिएको तालिममा सहभागी हुन जाँदै गरेका खत्री सवार सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकललाई सुप्रप ०१–०० प ७११ नम्बरको मोटरसाइलले पछाडिबाट ठक्कर दिएको थियो ।

खत्री सवार मोटरसाइकल धनगढी नगरपालिका-५ का २५ वर्षीय पुरन शाहले चलाएका थिए भने त्यो मोटरसाइकलाई पछाडिबाट डोटीको शिखर नगरपालिका-११ की २५ वर्षीया शर्मिला थापाले चलाएको मोटरसाइकलले ठक्कर दिएको थियो ।

टाउकोमा गम्भीर  चोट लागेका खत्रीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिए पनि केही बेरमै चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

खत्री सवार मोटरसाइकल चालक शाहको अनुहार तथा पेटमा चोट छ भने ठक्कर दिने मोटरसाइकल चालक थापाको पनि अनुहार लगायत शरिरका अन्य भागमा चोट पटक लागेको प्रहरीले जानकारी दिएको छ ।उनीहरु दुबैको सेती प्रादेशिक अस्पतालमा उपचार जारी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्र्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्