नेभिगेशन
नेपाल प्रहरी

डिपेन्डेन्ट भिसामा कोरिया लैजाने भन्दै लाखौं ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं डिपेन्डेन्ट भिसामा युवतीलाई कोरिया र अन्य देशमा लैजाने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

फेसबुक  र ह्वाटसएपमार्फत केटी साथी बनाएर कोरिया लगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै प्रलोभनमा पारेर २९ लाख रुपैयाँ जम्मा गर्न लगाएर सम्पर्कविहीन हुँदै ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछापस्थित दोरम्बा गाउँपालिका-६ का ३५ वर्षीय सजन भनिने होम बहादुर मगरलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धानका एसपी काजीकुमार आचार्यका अनुसार होम बहादुरलाई भक्तपुरको चाँगुनारायण नगरपालिका- ८ बाट लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ परेका होम बहादुरलाई ठगी कसुरमा आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी आचार्यले बताए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्