नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगरसहित गेटाबाट एक युवक पक्राउ

काठमाडौं। प्रहरीले ७ सय २० मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई कैलालीबाट पक्राउ गरेको छ।

कैलालीस्थित गोदावरी नगरपालिका-५ गेटाबाट सोही स्थानका २३ वर्षीय कमलेश बमलाई ७ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ

बमलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो धनगढीबाट खटिएको टोलीले  नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका बमसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्