नेभिगेशन
सुरक्षा विशेष

शितला ट्रेडर्सलाई कारबाही गर्दै नेपालगञ्ज उपमहानगरले तिरायो जरिवाना

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले कवाडी सामान जलाएर प्रदुषण गर्ने शितला ट्रेडर्सलाई कारबाही गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० औद्योगिक क्षेत्र अगाडि अवस्थित शितला ट्रेडर्सले कवाडी सामान जलाएर प्रदुषण गरेपछि नेपालगञ्ज उपमहानगरपालिकाले 'फोहोरमैला व्यवस्थापन ऐन २०७५' बमोजिम ५ हजार रुपैयाँ जरिवाना गरेको छ । 

नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटी नेतृत्वको टोलीले ट्रेडर्सका सञ्चालक सन्तोष गोडियालाई जरिवाना गराएको हो । पत्रकार एवम् नेपालगञ्ज ग्लालरीका सञ्चालक समिरमान श्रेष्ठले सामाजिक सञ्जाल (फेसबुक) मा भिडियो पोष्ट गरेपछि नगर प्रहरीले 'एक्सन' लिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने तथा प्रदुषण गर्नेहरु विरुद्ध कडा नीति लिएको छ। फोहोरमैला ब्यवस्थापनका लागि लामो समय सचेतनात्मक अभियान चलाएको नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय कानुन बमोजम धमाधम कारबाही गरिरहेको छ । 

नगर प्रमुख प्रशान्त विष्टले फोहोरमैला ब्यवस्थापनका लागि गम्भिरतापूर्वक काम गरिरहेको भन्दै नगरबासीले यो अभियानमा सघाउनुपर्ने बताए । 'सुरु सुरुमा हामीले प्रबद्र्धनात्मक कार्यक्रम गर्यौं, अब भने कडारुपमा जानै पर्दछ । फोहोरमैलाविरुद्ध शून्य सहनशिलताका साथ हामी अघि बढेका छौं,'  उनले भने । विष्टले जथाभाबी फोहोर फालेको थाहा पाएमा सचेत नागरिकका हिसाबले जानकारी गराउन आग्रह समेत गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्