नेभिगेशन
नेपाल प्रहरी

बारा प्रहरीका भान्सेको हत्या प्रकरण: राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर पक्राउ

बारा। बारामा मृत फेला परेका नेपाल प्रहरीको कार्यालय सहयोही (भान्से) हत्या भएको प्रमाण भेटिएको छ।

पुस ६ गते बाराको जितपुरसिमरा नगरपालिका-१ अमाडरको पुल नजिक मृत फेला परेका बारा प्रहरीका भान्से राजकुमार रुम्बाको पोष्टमार्टम रिपोर्टमा गोली हानेर हत्या भएको देखिएको जिल्ला प्रहरी बाराले जानकारी दिएको छ।

सिमरा विमानस्थल सुरक्षा प्रहरी गार्ड कार्यालयमा कार्यालय सहयोगी रहेका जितपुरसिमरा नगरपालिका-१ घर भएका  रुम्बाको टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। 

बारास्थित राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर श्रीकान्त तिवारीको बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको  कारमा हत्या गरिएको अवस्थामा मृत फेला परेको रुम्बाको हत्या अनुसन्धानमा शंकास्पद भूमिका देखिएपछि इन्स्पेक्टर तिवारीलाई पक्राउ गरेको जिल्ला प्रहरी बाराले जानकारी दिएको छ।

प्रहरीले हत्या घटनाको अनुसन्धानमा अन्य दुई  व्यक्तिलाई पनि नियन्त्रणमा लिएको जनाएको छ। बारा प्रहरीले उनीहरुसँग थप अनुसन्धान अगाडि बढाएको जनाउँदै केही दिनमा अनुसन्धानको निष्कर्षमा पुग्ने जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्