नेभिगेशन
सशस्त्र प्रहरी

सीमाबाट हुने अवैध कार्य रोक्न सशस्त्र प्रहरी र एसएसबीको बैठक

महोत्तरी सीमा नाकाबाट हुने अवैध तस्करी र सीमा अपराध तथा सीमामा हुने अवैध गतिविधि पूर्णरुपमा नियन्त्रण गर्न दुई देशका उच्च सुरक्षा अधिकारीहरूको बैठकले निर्णय गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बिच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिबासमा भएको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ को आयोजनामा डीआईजी स्तरीय बैठक शनिवार साँझ सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बिच नियमित रुपमा हुने  स्तरीय समन्वयात्मक बैठकको आयोजना सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले गरेको हो। ​

दुईपक्षीय बैठकमा सीमा सुरक्षा¸ सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण¸ सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । 

कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न सहयोग मिल्ने सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनीले जानकारी गराएको छ।

बैठकमा सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति डीआईजी कालीदास धौवजी , भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीको सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआईजी दीपक कुमार, आईपिएस सेक्टर हेड क्वाटर पूर्णियाका डिआईजी राजेश टीकु, सेक्टर हेड क्वाटर बेतियाका डिआईजी एस सुब्रमन्यमको उपस्थिति रहेको थियो ।

त्यसैगरी दुईदिने कार्यक्रममा मधेस प्रदेश स्थित सशस्त्र प्रहरी बल  नेपालका गणपतिहरू ,निमित्त गणपतिहरू लगायतका अधिकृतहरू, एसएसबीका  बटालियन कमाण्डेन्टहरु लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्