नेभिगेशन
नेपाल प्रहरी

लागुऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

काठमाडौं । प्रहरीले  देशका विभिन्न स्थानबाटलागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ।

जसअन्तर्गत प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ पिस, नोर्फिन १६ पिस र फेनारगन १६ पिस सहित सोही नगरपालिका-३ इचंगु नारायण बस्ने बारा घर भएका ३१ वर्षीय विद्या सागर लामालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी प्रहरीले कैलालीको गोदावरी नगरपालिका-२ बदनाम गल्लीबाट नियन्त्रित लागूऔषध स्पास्मो ३६ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ वनखेत बस्ने २१ वर्षीय अमित शाकी र २५ वर्षीय बिरेन्द्र साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ हजार २ सय पिस, डाइजेपाम १ हजार २ सय पिस र फेनारगन १ हजार २ सय पिस सहित रौतहट कटहरिया नगरपालिका-७ बस्ने १८ वर्षीया किशोरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका-१५ मिलन चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन १ सय २३ ट्याब्लेट र ट्रामाडोल १ सय १७ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सन्जिप गिरी र २३ वर्षीय रोजेस श्रेष्ठ रहेका छन् । अस्थाई प्रहरी पोष्ट श्यामचोकबाट खटिएको प्रहरीले को.२६ प ८३७२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

प्रहरीले झापाको मेचीनगर नगरपालिका-९ गैरी गाउँ बस्ने २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९० मिलिग्राम, मोबाईल ५ थान र नगद ५० हजार १ सय ५० रूपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

त्यसैगरी पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दिबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४६ पिस, प्रोमोथाईजिन ४६ पिस, नोर्फिन ४६ पिस सहित कास्की पोखरा घर बताउने २८ वर्षीय गणेश श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सम्बन्धित प्रहरी कार्यालयले घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्