नेभिगेशन
नेपाल प्रहरी

एआईजी भरत बोहरा गए अवकाश, मंगलबार एआईजी किरण बज्राचार्य अवकाश जाँदै

काठमाडौं नेपाल प्रहरीका एआईजी भरतबहादुर बोहरा उमेरहदका कारण अनिवार्य अवकाश गएका छन्।

एक हप्ताअघि मात्र एआईजीमा बढुवा भएका नेपाल प्रहरीको प्रदेश समन्वय विभाग प्रमुख एआईजी बोहरा ५६ वर्षे उमेरहदका कारण अवकाश गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएर आजदेखि अनिवार्य अवकाश गएका एआईजी बोहरा बर्तमान प्रहरी प्रमुख बसन्तबहादुर कुँवरका ब्याच मेट हुन् ।

त्यसैगरी प्रहरीकै अर्की एआईजी किरण बज्राचार्य पनि मंगलबार उमेरहदका कारण अनिवार्य अवकाश जाँदै छिन् । उपत्यका प्रहरी कार्यालय प्रमुख रहेकी एआईजी बज्राचार्य पनि  एआईजीको ५६ वर्ष उमेरहदले अवकाश जान लागेकी हुन् ।

यसअघि मंसिरमा एआईजीद्वय केदार ढकाल र भिमप्रसाद ढकाल उमेरहदका कारण अनिवार्य अवकाश गएका थिए।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्