नेभिगेशन
विपद घटना

दाङको सेवार खोलामा मनसुन लगत्तै सुरु भयो विपद्

घोराही । दाङ जिल्लाभर विपद् पूर्व तयारी भइरहदा पक्की पुल निर्माणधिन घोराही-तुलसीपुर सडक खण्डको सेवारखोला आसपासको यातायात एम्वुस जस्तै बनेको छ ।

एकाएक बर्षातको समय नजिकिंदै गर्दा निर्माण कम्पनीले पुल निर्माणका क्रममा पक्कि कच्वे भत्काएपछि यहांको यातायात संकटग्रस्त बनेको यातायात व्यवसायीले बताएका छन् ।

‘जुनसुकै वेला दुर्घटनाको जोखिम त छंदैछ, खोलामा सामान्य वाढि आए यो क्षेत्रबाट घोराही—तुलसीपुरको यातायात पुरै अवरुद्ध हुने छ’, यातायात व्यवसायी तुलसीपुर टेक्सि समितिका भिम वहादुर डांगीले भने । तर निर्माण व्यवसायी यो विषयमा वेखवर छन् । अव जिल्लामा सक्रिय मनसुन सुरु भइसकेको छ ।

हापुरखोला र सेवार खोला वाहेक घोराही-तुलसीपुर सडक खण्डका सवै खोलामा पक्कि पुल निर्माण भइसकेका छन् । तर यस अघिका खोलामा पक्की पुल निर्माण हुँदा  कच्वे भत्काइएको थिएन् । पुर्वावस्थामै गाडिहरु चलेका थिए । तर सेवारखोलामा पुल निर्माण गर्ने कम्पनीले कामनै ढिलो सुरु गरेको तथा वैकल्पिक सडकको विकल्पको परीकल्पना समेत नगरेकोमा यातायात व्यवसायीहरु आक्रोशित छन् ।

‘भएको कच्वे भत्काएर पुल निर्माण सुरु भयो, तर निर्माण कम्पनीले बाढि आउने अन्तिम समयसम्म पनि सेवारखोलामा उपयुक्त डाइभर्सन दिन सकेको छैन’, अम्विकेश्वरी सार्वजनिक यातायातका कर्मचारी हरीदेव वलीले भने । उपयुक्त विकल्प नहुदा खोलामा बाढिको वहाव बढ्नासाथै हालको डाइभर्सन भत्कने पनि उनको अनुमान छ । यसमा उपयुक्त हुने हिमपाइप राखेर पानीको वहावलाइ नियन्त्रण गर्नुपर्ने व्यवसायीहरुको आग्रह छ । तर निर्माण कम्पनीको भने यसमा कुनै ध्यानाकर्षण हुन सकेको छैन ।

अघिल्ला बर्षहरुमा सेवारमा आउने बाढिले घण्टौं सम्म साना तथा ठुला सवारीसाधन समेत रोक्ने गथ्र्यो, त्यसको विकल्पमा माथिल्लो बाटो पनि प्रयोग हुने गरेको थियो । तर माथिल्लो भाइरल रोड निकै सांघुरो तथा घुमाउरो भएकाले यात्रुहरुलाइ समयमै गन्तव्य पुग्न निकै सास्ती खेप्नु परेको थियो ।

तर यो बर्ष बाढि ठुलो आएको दिन मात्र होइन, सामान्य भलले पनि अहिलेको डाइभर्सनलाइ सहजै भत्काइदिने आम नागरीकहरुको अनुमान छ । तर यसमा स्थानिय सरकार एवं स्थानिय प्रशासनको पनि ध्यानाकर्षण हुन सकेको छैन । यस कारण यो बर्षको बर्षातमा आम यातायात व्यवसायी एवं यात्रुहरुले निकै सास्ती व्यहोर्नुपर्ने बाध्यता आएको उपभोक्ता हकहित संरक्षण मन्चका अधिकारकर्मि केशव कुमार शर्माले बताए ।

उनले यो विषयमा स्थानिय प्रशासनको ध्यानाकर्षण गराउने पनि बताएका छन् । समस्या सानो हो, तर यसले निकै ठुलो सास्ती ल्याउने छ । निर्माण कम्पनीलाइ तत्काल यो डाइभर्सनमा उपयुक्त हिमपाइप राखेर सानोतिनो बाढिमा यातायात सुचारु हुने व्यवस्थापन मिलाउन नागरीक समाजले आग्रह गरेको छ ।

यो विषयमा डिभिजन सडक कार्यालयले भने यो क्षेत्र आफुहरुको जिम्मेवारीको क्षेत्र नभएको बताएको छ । सडक डिभिजन कार्यालय घोराहीका प्रमुख गुरुप्रसाद अधिकारीले यो सडक र पुल दुवै आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताए ।

सो पुल निर्माणको ठेक्का नेपालगन्जस्थीत पुल महाशाखाबाट भएको हो र समन्वयको जिम्मा पनि सोहि कार्यालयकै भएको डिभिजन सडक कार्यालयले बताएको छ । यो विषयमा प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीले एक साता अघिदेखिनै पुल महाशाखामा यो विषयमा जानकारी गराएपनि पुल महाशाखा मार्फत निर्माण व्यवसायीको ध्यानाकर्षण हुन सकेको छैन ।

जिम्मेवार सरकारी निकायको कार्यालय भने नेपालगन्जमा रहेको छ । यसले तत्काल समस्या आएमा समाधान पनि स्थानिय प्रशासन र स्थानिय सरकारबाटै खोजिनुपर्ने अवस्था आउने नागरीक अगुवाहरुले बताएका छन् । तर निकट भविस्यमै आउन सक्ने गम्भीर समस्यामा राज्यका कुनैपनि निकायको अर्थपुर्ण भुमिका निर्वाह हुन सकेको छैन ।

मनसुन भित्रिएसंगै जिल्लाका दशवटै स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, नेपाली सेना, रेडक्रस, उद्योग वाणिज्यसंघ लगायतका संस्थाहरु विपत पुर्व तयारीकै अवस्थामा रहेका वेला विपतको संभावित जोखिम टार्ने सन्दर्भमा कसैको पनि ध्यानाकर्षण हुन नसकेको यातायात व्यवसायीहरुको गुनासो रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्