नेभिगेशन
सुरक्षा अपडेट

रौतहटमा भीषण आगलागी, आधा दर्जन घर जले

काठमाडौं  । रौतहटमा भीषण आगलागी भएको छ। जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिका-५  स्थित पासवान टोलमा गएराति  भीषण आगलागी हुँदा  आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी रौतहटले जानकारी दिएको छ।

गएराति सवा २ बजेको समयमा पताही बस्ने जगतनाथ पासवानको खरले बारेको घरनजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो। आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान, प्रदीप पासवानलगायत ७ जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

आगलागीबाट ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए।

आगलागी भएको खबर पाउना साथ बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहको कमान्डमा १० जना, प्रहरी चौकी बसन्तपुरबाट असई रामलगन दासको कमान्डमा ५ जना, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

अन्य मनवीय क्षति नभएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिए। 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्