नेभिगेशन
नेपाल प्रहरी

कोशीका डीआईजी अधिकारीले गरे सुधार केन्द्रको निरीक्षण

काठमाडौं । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले सुनसरीस्थित धरान पानवारीको आसरा सुधार केन्द्र निरीक्षण गरेका छन् ।

डीआईजी अधिकारीले सुधार केन्द्र संचालक समितिका पदाधिकारीहरु समेतको उपस्थितिमा सुधार केन्द्रको भौतिक संरचना, मेस, उपचाररत सदस्यहरुको आवास तथा सरसफाईको अवस्था समेतको निरीक्षण गर्दै केन्द्रबाट दैनिकरुपमा संचालन हुँदै आएको गतिविधिहरुको वारेमा जानकारी लिएर उपचाररत सदस्यहरुसँग अन्तरक्रिया समेत गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

उक्त सुधार केन्द्रको संरक्षक समेत हुने व्यवस्था रहेको कोशी प्रदेशका डीआईजी अधिकारीले लागुऔषधको कुलतबाट हुन सक्ने व्यक्तिगत, परिवारिक, सामाजिक, आर्थिक समस्याका साथै अपराधिक गतिविधिलाई न्युनिकरण गर्ने उद्देश्यले दुर्व्यसनीमा फसेका युवाहरुलाई उपचार तथा परामर्श प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने सुधार केन्द्रको लक्षलाई अझ प्रभावकारी र उपलव्धिमुलक बनाउन सुझाव  गरेका थिए।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्