नेभिगेशन
नेपाल प्रहरी

रिक्त हुने दुई एआईजीका लागि ४ डीआईजीबीच प्रतिस्पर्धा,कडायतको सम्भावना बलियो

काठमाडौं नेपाल प्रहरीमा दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी रिक्त हुँदै गर्दा प्रहरीका ४ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बीच प्रतिस्पर्धा सुरु भएको छ।

आइतबार एआईजी भरत बहादुर बोहरा उमेर हदका कारण अनिवार्य अवकाश गएपछि भोलि (मंगलबार) अर्का एआईजी किरण बज्राचार्य पनि अवकाश जाँदै गर्दा रिक्त हुने दुई एआईजीका लागि चार जना मध्ये ३ डीआईजी प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँगै अवकाश हुने हुँदा प्रतिस्पर्धा तीब्र रहेको छ।

दुई एआईजी दरबन्दी रिक्त हुने पदका लागि  बढुवा हुनका लागि डीआईजी कुवेर कडायत, रवीन्द्र केसी, जनक भट्टराई र चन्द्रकुबेर खापुङ प्रतिस्पर्धामा छन् ।

डीआईजी कडायत, केसी र भट्टराई आईजीपी कुँवरसँगै आगामी चैत ५ गते ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने हुँदा यी तीन जना मध्ये दुई जना एआईजीमा बढुवा हुने निश्चित जस्तै छ। तर खापुङ पनि एआईजी बन्ने दाउमा शक्तिकेन्द्र धाउन सुरु गरेको श्रोत बताउँछ । डीआईजी खापुङ भने २०८२ कात्तिकमा अवकाश हुने हुँदा उनको बढुवा सम्भावना त्यति नरहेको प्रहरी निकट श्रोतले बतायो।

दुई एआईजी बढुवामा सुदूरपश्चिम घर भएका डीआईजी कडायतले राम्रो कार्य गरेको हुँदा पनि र नेपाली कांग्रेसका उच्च नेताहरुसँग राम्रो सम्बन्ध भएका कारण उनी एआईजी बढुवा हुने निश्चित जस्तै छ भने केसी र भट्टराईबीच निकै प्रतिस्पर्धा देखिएको बताइएको छ।

यस्तै मधेस प्रदेशका डीआईजी लालमणी आचार्य पनि बढुवाको प्रतिस्पर्धामा रहेको बताइएको छ। उनी हालका एआईजी दीपक थापाका ब्याच हुन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्