नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको सुन बेच्न हिंडेका थिए आलम, पक्राउ परे करिब ५५ ग्राम सुनसहित

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध रुपमा विदेशबाट भन्सार छली गरेर ल्याएको सुनको विक्रीवितरण गर्ने एक युवकलाई पक्राउ गरेको छ।

अपराध अनुसन्धानको टोलीले वीरगन्ज घर भई काठमाडौंको तिलगंंगा क्षेत्रमा  विदेशबाट आउने नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरेर ल्याएको सुनको ओसारपसार तथा विक्रीवितरण गर्ने २९ वर्षीय सम्साद आलमलाई पक्राउ गरेको जनाएको छ।

आलमले विदेशबाट अवैध रुपमा आएको सुनको ओसारपसार गर्ने विशेष सूचना पाएर गएको प्रहरीको टोलीले आलमको खानतलासी गर्दा उनको साथबाट ५४.७८० ग्राम सुनको बाला बरामद भएको हो। सुन बरामद भएपछि उनले बिलबिजकको प्रमाण दिन नसक्दा प्रहरीले नियन्त्रणमा लिएको हो। उनी सुन बेच्न हिंडने क्रममा पक्राउ परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सुनसहित शनिबार साँझ पक्राउ परेका आलमलाई थप आबश्यक अनुसन्धानका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्